पाँचथर । जिल्लाका ८ वटा पालिकास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिता जुम बाट गराइएको हो । मानवअधिकार संस्था हुकोडेक नेपालको आयोजनामा उक्त पालिकाहरु बाट १५ जना बालबालिकाले भाग लिएका थिए ।
२७ औं राष्ट्रिय बालदिवशको उपलक्षमा उक्त प्रतियोगिता आयोजना गरएको हो । ‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सवैको जिम्मेवारी’ भन्ने नारा राखिएको थियो ।
सो अवसरमा बिद्यालयका बालबालिकाहरुलाई आयोजक संस्था हुकोडेक नेपालले कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असर र बैकल्पिक उपायहरु बिषयक बक्तृत्वकला प्रतियोगिता गराएको हो । प्रतियोगितामा कञ्चनजङगा एकेडेमिका मिक्तोक जवेगु प्रथम भए भने, आरुवोटेमाविकी निशा भट्टराइ दोस्रो भइन । त्यस्तै, रानिटार माविकी रेजिना बाँस्कोटा, तेस्रो भइन । सिंहपुर मावि अमरपुरका किरण उप्रेती र अमरपुर माविका पीरण गौतम बिजयी भए ।
प्रतियोगिहरुको मुल्याङकन समितिका संयोजक पाँचथर बहुमुखि क्याम्पसका सहायक प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले गरेका थिए ।
प्रतियोगितालाइ जिसस प्रमुख बिष्णु प्रसाद सापकोटाले मन्तव्य राखेर उद्घाटन गरे । इलाम मानवअधिकार मञ्चका बाल सहभागिता कार्यक्रम संयोजक रुद्र थेबेले एक नम्बर प्रदेशमा चलिरहेको अभियान बारे योजना सुनाएका थिए । त्यस्तै, शिक्षा समन्वय अधिकारी युगमणि सवेहाङ, हुकोडेक नेपालका अध्यक्ष सुर्य अधिकारी लगायतले शुभकामना दिए । प्रथम हुने प्रतियोगिले भदौ २९ गते प्रदेश स्तरीय हुने बक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन ।
आयोजक संस्थाका कार्यकारी निर्देशक प्रेम ओझा र अधिकारकर्मी युधिष्टिरराज आमगाँईले जुम प्रतियोगितालाइ सहजीकरण गरेका थिए । जुम प्रतियोगितामा आमन्तरण गरीएका सरोकारवालाहरु लाई बालबालिका बारे प्रतिकृया साथै कोभिडले पारेका असर लगायत बिषयमा सुझाव दिन समय दिइएन ।
प्रतिक्रिया