काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५औँ जन्मजयन्ती मंगलबार विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान दिएका थिए ।
शृंगार रसमा साहित्य रचना गरेका युवाकवि मोतीरामले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए भने नेपालमा छापाखानासमेत भित्र््याएका थिए । यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो । मोती दिवसको अवसरमा नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गरे ।
मोतीरामका ‘ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपिको खोजी गरी मोतीरामले १९४१ सालमा प्रकाशन गरेका थिए ।
प्रतिक्रिया