माधव नेपाल समूहका नेता निर्वाचन आयोग पुगेर फर्किए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् ।

सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उनिहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार (आज) निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएको स्रोतले जनाएको छ । तर, नेता पाण्डेले आफूहरुको तयारी नपुगेको बताएका थिए ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको छ ।

प्रतिक्रिया