निर्वाचन आयोगमा परामर्श गरेर फर्कियाे माधव पक्ष

काठमाडौं । माधव नेपाल समूहका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री दल दर्ताको प्रक्रिया बुझ्न निर्वाचन आयोग पुगेर फर्किएका छन् । बुधबार दिउँसो उनीहरुले आयोगमा पुगेर आयोगका प्रमुख निर्वाचन आयुक्त दीनेश थपलिया, प्रवक्ता राजकुमार श्रेष्ठ सहित कर्मचारीहरुसँग भेट गरी परामर्श गरेर फर्किएका हुन् । नेता पाण्डे र झाँक्री केही बेरसम्म आयोगका आयुक्तहरुसँग छलफल गरी फर्किएका हुन् । नेता पाण्डेले बुधबार नै दल दर्ता गर्ने बताएका थिए ।

प्रतिक्रिया