देउवाले ल्याएको अध्यादेशको गगन थापाद्वारा विरोध

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको राजनीतिक दल विभाजनमा सहज हुने अध्यादेशको विरोध गरेका छन् । सामाजिक सन्जाल ट्विटरमा लेख्दै गगनले विरोध गरेका हुन् ।

संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको थापाको ठहर छ । ‘हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ थापाले ट्विटरमा लेखेका छन्, ‘समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्छ ।’

प्रतिक्रिया