अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई जजिरा विमानमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई आज जजिरा एयरलाइन्समार्फत काठमाडौं ल्याइएको छ।

अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।

नेपाली समय अनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो । त्यहाँ रहेका विभिन्न देशका नागरिक अझै त्रासमै छन् ।

प्रतिक्रिया