महन्थको मुद्दामा निर्वाचन आयोगको निर्णयलाई नै सदर गर्दै अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ । महन्थ ठाकुरले अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले निर्वाचन आयोगको निर्णयलाई नै सदर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन,’ आदेशमा भनिएको छ । आयोगले साउन ११ गते जसपाको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।

दुवै पक्षले छुट्टाछुट्टै गतिविधि अघि बढाएकाले एकै ठाउँ बस्न नसक्ने भन्दे आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले सबै केन्द्रीय कार्यकारिणीसमिति सदस्यहरूलाई बोलाएर बहुमतका आधारमा यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गर्ने निर्णय गरेको थियो । अहिले जसपाले ठाकुरलगायतका नेताहरूलाई कारबाही समेत गरिसकेको छ ।

प्रतिक्रिया