सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादका विषयमा जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीको संयुक्त इजलासले सोमबार (आज) माग बमोजिम अन्तरिम आदेश दिनुनपर्ने निर्णय गरेको हो ।

आयोगले कार्यकारिणी समितिको सनाखत गरी उपेन्द्र यादव पक्षमा बहुमत पुगेको भन्दै उनलाई आधिकारिकता दिएको थियो। तर ठाकुरले आफूलाई यसलाई अन्याय हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थि ए ।

‘आयोगको निर्णय कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन’, सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रतिक्रिया