प्रचण्ड र माधव नेपाललाई गोकुल बास्कोटाको व्यंग्य : भैंसी पूजा र होली वाइन समारोह किन गरिए ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेकै केन्द्रीय सदस्य गोकुल बास्कोटाको व्यंग्य हानेका छन् ।

बास्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिए ? उनिहरुमाथि भन्दै प्रश्न खडा गर्दै व्यंग्य हानेका हुन् ।

अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपाललाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै सो व्यंग्य हानेका छन् । केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा माओवादीका अध्यक्ष दाहालले भैंसी पूजा गरेको निक्कै चर्चा थियो ।

प्रचण्ड स्वम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचण्डले गरेको भैंसी पूजाको चौतर्फी विरोध पनि भएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा भैसी पूजा गरेको भन्दै कम्युनिष्ट नेताहरुबाटसमेत उनको आलोचना भएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले विवादास्पद धर्म प्रचारक संस्थाको कार्यक्रमा सहभागी भएर होली वाइन पिएको भन्दै चर्को आलोचना भएपछि नेपालले स्पष्टिकरण नै दिएका थिए ।

प्रतिक्रिया