माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदै छ । अध्यक्ष प्रचण्डले पेस गरेको संगठनात्मक, राजनीतिक र विधान सम्बन्धी प्रस्तावका विषयमा आइतवार ११ बजेबाट छलफल सुरु हुने कार्य तालिका छ ।

प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव कम्तीमा पेश गरेका थिए । सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय छन् ।

प्रतिक्रिया