यस्ताे छ, कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । नयाँ कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार बूढानिलकण्ठमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

त्यस्तै बैठकले अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । त्यसैगरी भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

अधिबेशन/ महाधिवेशनको सूची

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

३. वडा अधिबेशन : २०७८/५ / १८

४. गाउँ/नगर पालिका: २०७८/५ /२७

५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५

७. जिल्ला : २०७८/६/१०

८. प्रदेश: २०७८/७/१०-१२

९. केन्द्रीय : २०७८/८/ ९-१३

प्रतिक्रिया