माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै आज

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज शनिवारदेखि शुरू हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे शुरू हुने बैठकमा पार्टी विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै माओवादी केन्द्र ब्युँताएपछि पार्टीमा पुनर्संरचना गर्न लागिएको छ । यसका लागि केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने माओवादीको तयारी छ ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि शुक्रवार स्थायी कमिटी बैठक बसेको थियो । शनिवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया