कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरूले आजको बैठकमा भने भाग लिएका छन् । घिमिरे भने केन्द्रीय समिति बैठकमै सहभागी थिए ।  उनले आफूसहित २२ जनाको राजीनामा पार्टी सभापतिलाई बुझाएको जानकारी दिए ।

प्रतिक्रिया