वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारर गराइरहेका वरिष्ठ नेता खनालको बुधबार (आज) सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिलीले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ ।

नेता खनाल स्वास्थ्यमा समस्या देखिएपछि गत असार २ गते उपचारको लागि भारत गएका थिए । नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपछि स्वदेश फर्कने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

प्रतिक्रिया