होण्डा सिवि ३५० को बिक्री सुरु

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको सिवि ३५० आरएस नेपाली बजारमा आइतबार लन्च गरेको छ । नेपालमा होण्डा सिवि मोडलका बाइकले एक विशेष पहिचान बनाएको छ ।

सिवि ३५० आरएसले नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीले जनाएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने बाइक पारखीका लागि निर्मित यस बाइकमा ३ सय ५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रंगमा उपलब्ध छ ।

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता विशेषता रहेका छन । बजारमा सिवि ३५० आएएसको मूल्य ७ लाख ७५ हजार रुपैया तोकिएको छ ।

प्रतिक्रिया