ललितपुर महानगरमा जोन्सन खोप लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने जनाइएको छ ।

खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ । पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक र महेन्द्र आदर्श माध्यमिक विद्यालय सातदोबाटोमा गई खोप लगाउनु पर्नेछ ।

महानगरमा साउन १५ गतेदेखि आज १७ गतेसम्म ४५ वर्ष माथिका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइरहेको छ । भिडभाड हुने बढी क्षेत्रका नागरिकलाई भोलि साउन १८ गतेदेखि प्राथमिकताका आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया