माधव नेपालाई अब पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब वरिष्ठ नेता माधवकुमार नेपालाई पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै सरकार ढाल्नेलाई पार्टीमा ठाउँ नभएको बताएका हुन् । ओलीले भने, ‘अब माधव नेपाल जस्ता आन्दोलन विरोधी, विद्रोहीलाई कुनै ठाउँ छैन ।’

नेता नेपालले गर्दा नै आफ्नो सरकार ढलेको उनको भनाइ थियो। ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर त्यो सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिनेलाई पार्टीमा ठाउँ छैन,’ ओलीले भने।

पार्टीविरुद्ध काम गर्नेलाई हटाएर एमालेलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ थियो। त्यसपछि एमाले एकजुट भएर अघि बढ्ने ओलीले दाबी थियाे । नेता नेपालले पार्टी छाड्दैमा केही असर नपर्ने उनकाे भनाइ थियाे। ‘खराब माल बाहिरिएपछि, विकाउ माल बाहिरएपछि एमाले एकढिक्का हुनेछ,’ ओलीले भने, ‘आगामी चुनावमा एक सय सिट प्रत्यक्षमा र ५० लाख भोट समानुपातिकमा ल्याउनेछौं ।’

प्रतिक्रिया