खोजखबर

दार्चुलामा तुइनको डोरी काटिएको घटनाबारेमा अनुसन्धान गर्न सरकारद्वारा समिति गठन

सौर्य अनलाइन २०७८ साउन १६ गते ९:४९ मा प्रकाशित

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय