देउवासँगको भेटपछि माधव नेपाललाई भेटे प्रचण्डले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भनिए पनि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल मात्र भएको थियो ।

त्यहाँबाट फर्केलगत्तै प्रचण्ड कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । नेता नेपालको सचिवालयले भने प्रचण्ड बाटो पर्‍यो भनेर पसेको र एकैछिन कुराकानी गरेर निस्किएको जानकारी दियो । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन जुटिरहेका छन्। दुईदिन अघि आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले एमालेको माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने ब्रिफिङ सुनाएका थिए ।

प्रतिक्रिया