१० गुणा बढी भाडा असुल्छन एम्बुलेन्स

काठमाडौं । एमबुलेन्स तथा शव वाहनहरुले सरकारले तोकेको भन्दा १० गुणा बढि भाडा असुल गरिरहेको तथ्य खुलेको छ । सरकारी तथा नीजि अस्पत्तालमा बिरामी बोक्ने गाडीले सरकारले तोकेको भन्दा दोब्बर भाडा लिइरहेको पाइएको हो । काठमाडौंमा एम्बुलेन्सको प्रतिकिलोमिटर २० रुपियाँ शुल्क निर्धारण भए पनि सेवाग्राहीबाट मनपरी भाडा लिने गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भाडा तोकेको भए पनि गाडीहरुले पालाना गरेका छैनन् । विरामी बोक्ने गाडीको अनुगमन हुन नसक्दा विकृति मौलाएको हो । यातायात क्षेत्रको आवाज उठाउदै आएका अभियन्ता राम बहादुर थापाका अनुसार अनुदान तथा उपहारमा आएका गाडीहरुले जनतालाई सहुलियत सेवा दिनुको सट्टा पाँच सय लाग्ने ठाँउमा २ हजार ५ सय सम्म भाडा लिइरहेका छन ।

विरामी भएर उपचार गराउँदा गराउँदै थाकेको विरामीको आफन्तलाई एम्बुलेन्सले यसरि ठग्दा सर्वसाधारण जनता मारमा परेको अभियन्ता थापाको तर्क छ । सरकारले तोकेका सामाग्री पनि नराख्ने भाडा पनि दोब्बर लिन पाइने भएपछि एम्बुलेन्स तथा शव वाहन तर्फ चलाख व्यापारीहरुले लगानी लगाएको पनि थापाको आरोप छ । विरामी बोक्ने यस्ता गाडिमा विरामीलाई नभइनहुने सामाग्री नराख्ने एम्बुलेन्सको कारण पनि कतिपय विरामीको ज्यान गएको पनि छ । विरामीका आफान्तले एम्बुलेन्सले भाडा लिंदा सर्वसाधारण मर्का परेका छन । विरामी बोक्ने यस्ता गाडिको लुटको विषयमा न त कससैले आवाज उठाएको छ, न त अनुगमन नै भएको छ ।

यस क्षेत्रमा नयाँ नयाँ चलाख व्यापारीले लगानी बढाएको अभियन्ता थापाको आरोप छ । राज्यले दिएका सेवा सुविधा लिने तर जनतालाई सेवा दिनुको सट्टा ढाड सेक्ने गरि असुलि गरिरहेको पाइन्छ । सरकारले अनुगमन गर्न नसक्दा यो विकृति फैलिएको सर्वसाधारणको बुझाइ छ । त्यस्तै एम्बुलेन्सले नीजि अस्पत्तालबाट कमिसन लिएर एम्बुलेन्स चालक तथा सञ्चालकहरु ले ठगि गरिरहेको अभियन्ता थापाले आरोप लगाए ।
एम्बुलेन्सको भाडा बारे स्वास्थ्य मन्त्रालय वेखबर छ । एम्बुलेन्स सेवा समितिले भने उपत्यका भित्र जुन ठाँउ देखि जहाँ लगेपनि एक हजार भाडा लिने गरेको बताएको छ । समितिले कोभिडको महामारी पछि भने निशुल्क सेवा दिइरहेको उल्लेख गरेको छ ।

काठमाडौंमा हाल करिब १ सय १४ वटा एम्बुलेन्स सञ्चालन छन् । त्यसमध्ये २ वटा ‘ख’ वर्गको एम्बुलेन्स छन् भने बाँकी १ सय १२ वटा ‘ग’ वर्गका छन् । २ वटा ‘ख’ वर्गको एम्बुलेन्समध्ये एउटा नर्भिक र अर्को गङ्गालाल अस्पतालका हुन् । तर ती एम्बुलेन्स कस्ता छन् र कसरी चलेका छन् भन्ने विषयमा अहिलेसम्म न अनुगमन नै गरिको छ, न त कुनै रेकर्ड नै छ । सर्वसाधारणको पहुँच भन्दा निकै माथि छ एम्बुलेन्सको पहुँच । काठमाडौंमा २०७५ को निर्देशिका अनुसार कुनै पनि एम्बुलेन्स सञ्चालन भएका छैनन् ।

प्रतिक्रिया