महिन्द्रा मनसुन सर्भिस क्याम्प

काठमाडौ । महिन्द्रा फोर ब्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले साउन १४ र १५ मा देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । महिन्द्राका सबै फोर ब्हीलर गाडीको ३०–पोइन्ट चेक अपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकले आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने महिन्द्राले जनाएको छ । सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ पनि कम्पनीले जनाएको छ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प नेपालभरका सबै आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिने छ । क्याम्पमा सहभागी भई फाइदा लिनका लागि ग्राहकले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया