‘सुनको चुरा’ सार्वजनिक

काठमाडौं । नजिकिँदो तिजको अवसर पारेर गायक बिर्ख बिश्वकर्मा र गायिका सरस्वती उप्रेतीको आवाज रहेको ‘सुनको चुरा’ गीत सार्वजनिक भएको छ । डम्बर बिश्वकर्माको शब्द, सम्झना बिसीको लय रहेको गीतको भिडियो निर्देशन अशोक सुनारले गरेका छन् । सुनिता गजमेरको कोरियोग्राफी भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन लगायतका कलाकारको अभिनय छ । आक्स क्रिएसन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुति रहेको ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव च्यानलमार्फत सर्वजनिक गरिएको हो ।

प्रतिक्रिया