‘ए’ डिभिजन रोक्न ज्ञापनपत्र

काठमाडाैं । आगामी असोज ३ बाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग रोक्न ४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीको समयमा लिग आयोजना गर्न उपयुक्त नहुने भन्दै मंगलबार ४ ‘ए’ डिभिजन क्लब थ्रिस्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । ती क्लबले कोरोना संक्रमण दर अत्यन्त कम भएको खण्डमा मात्र लिग आयोजना गर्न अनुरोध गरेका छन् ।

जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्सका अध्यक्ष दीपक थापा, थ्रिस्टारका महासचिव सञ्जीव शिल्पकार र ब्रिगेड ब्वाइजका अध्यक्ष लालकुमार पुनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र हस्तान्तरण गरे । एन्फा र ‘ए’ डिभिजन क्लबबीच असार १४ गते बसेको बैठकले असोज ३ देखि लिग आयोजना गर्ने निर्णय गरेको थियो । लिगमा १४ क्लबले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया