आन्दोलनरत नेता कार्यकर्तालाई शेखर कोइरालाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यालयमा आन्दोलरत जिल्ला नेताको आन्दोलनमा समर्थन जनाएका छन् । आमरण अनसन र धर्नामा बसेका नेता– कार्यकर्ताको आन्दोलनमा समर्थन जनाउन केन्द्रीय कार्यालय सानेपामा नेता कोइराला पुगेका थिए ।विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट सदस्यता कुनै पनि हालतमा स्विकार्य नसकिने नेता कोइरालाले बताए। क्रियाशील वितरणमा धाँधली भएको भन्दै धनुषाका नेतारकार्यकर्ता आमरण अनसनमा बसेका छन् ।

बारा र सर्लाहीका जिल्ला नेताहरु धर्नामा बसेका छन्। विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने कोइरालाको माग थियो । क्रियाशील सदस्यतामा भएको धाँधली बिरुद्धको लडाइँमा सधैं साथ दिने उनले बताए। उनले भने,‘पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने साथीहरुमाथि हुने अन्याय सहेर बस्न सकिँदैन ।’

प्रतिक्रिया