प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न खुमलटार पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री देउवाले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए । सोही क्रममा आज खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि उनी अस्वस्थ छन् ।

प्रतिक्रिया