सत्ता साझेदारीबारे प्रधानमन्त्री देउवा र प्रचण्डको भेटवार्ता

काठमाडौं । सत्ता साझेदारीको विषयमा छलफलको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।

आजै बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका अध्यक्ष दाहालल सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् । उक्त भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया