मित्र राष्ट्रलाई धन्यवाद दिंदै खोप उपलब्ध गराउन सरकारकाे आग्रह

काठमाडाैं । सरकारले कोरोना विरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता रहेका मन्त्री कार्कीले जानकारी दिए ।

चीन सरकारले नेपाललाई २ चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ ।अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ । रासस

प्रतिक्रिया