एमाले बैठकस्थल अगाडि प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कारबाही माग गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । सोमबार एमालेको केन्द्रीय कमिटी बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल अगाडि अखिलले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेता कार्यकर्ताहरुले जनताले सूर्यमा भोट दिएर जिताएर पठाएका सांसदले संसद्‌मा रुखमा भोट दिएकाले कारबाही गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया