देश राजनीतिबाट सञ्चालन हुन्छ : मन्त्री नेम्वाङ

पाँचथर । संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल देश राजनितिबाटै सञ्चालन हुने बताएका छन । पाँचथरको फिदिम नगरपालिकाको नवौ नगर सभालाई जुम मिटिङबाट उद्घाटन गर्दै सो कुरा बताएका हुन । मन्त्री नेम्वाङले देश चलाउने नै राजनितिले सञ्चालन गर्ने दायित्व भएको बताए । पाँचथर लगायत देशकै पूर्वाधार बिकासको लक्ष्य र बिकासक्रम तिब्ररुपमा फड्को मारेको उनले जनाए ।

मन्त्री नेम्वाङले फिदिम नगरपालिकाले खासै बजेट बिनियोजन गर्नु नपरेको जनाएका छन । नेम्वाङले स्थानिय जनप्रतिनिधिहरु जवाफदेहिता हुनु पर्नेमा जोड दिए । नेम्वाङले पुर्वाधार विकास सगै पाँचथर जिल्लालाई मेडिकल हवको रुपमा विकास गर्न सवै लाग्नु पर्नेमा जोड दिएका छन ।

फिदिम नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथाबजेट सार्वजनिक गरेको छ । बिहिबार जुम मिटीङमार्फत ९१ करोड ६५ लाख ३२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो । फिदिम नगरले बिहिबार सरोकारवालाको जुम मिटिङ मार्फत नीति तथा बजेट सार्वजनिक गरेको नगर प्रेस सल्लाकार जितेन्द्र भण्डारीले जनाएका छन ।

फिदिम नगरपालिकाले यसपाली पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण र विपद व्यवस्थापन लगायतलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । जसअनुसार पूर्वाधारमा ११ करोड ५६ लाख २७ हजार, सामाजिक विकासमा ५ करोड ९ लाख ७३ हजार र आर्थिक विकासमा ३ करोड, ९८ लाख २७ हजार बजेट विनियोजन भएको छ ।

यसैगरि वन वातावरण र विपद व्यावस्थापनमा २ करोड ८६ लाख, संस्थागत विकास र सुशासनमा २ करोड ९९ लाख ८६ हजार र विकासतर्फहरुमा २६ करोड ४५ लाख २६ हजार रुपियाँ छुट्याइएको छ । चालुतर्फमा ३७ करोड ३४ लाख २६ हजार रुपियाँ बिनियोजन भएको छ । जनसहभागिता १ करोड ४८ लाख ५० हजार रुपियाँ बराबरको रहने पनि जनाइएको छ । तोकिएको समयमा पाँचथरका सबै पालिकाहरुले निति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन ।

पाँचथरमा चालु आर्थिक बर्ष ०७८÷७९ का लागि सवै पालिकाहरुल ८ अर्ब २७ करोड ९६ लाख ७० हजार बराबरको बजेट बिनियोजन गरीएको जनाइएको छ । फिदिम नगर सभालाइ नगरप्रमुख ओनाहाङ नेम्वाङको अध्यक्षतामा जुम मिटिङमार्फत नवौं नगरसभा सम्पन्न गरेका छन । नगरको निति तथा बजेटलाई नगर उपप्रमुख उर्मिला प्रधानले प्रस्तुत गरेकी थिइन ।

संघीय सरकारका भौभिपुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सम्वोधन गरेका थिए । नेम्वाङले वर्तमान सरकारको थप मन्त्रालयहरु समेत जिम्वेवारी पनि समालिरहेका छन । सभालाइ पूर्वमन्त्री, सविधान सभासदस्य, लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया