एनआईसी एशियाको टिकटक भिडियो च्यालेन्जमा उपहार

काठमाडौ । एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउने ब्यक्तिलाई लक्ष्यित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ आषाढ ६ देखि साउन ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैक गरौ’ भन्ने थिमको ६ वटा फरक–फरक जिंगल प्रयोग गरेर सहभागी हुन सकिनेछ । यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार रुपैया बराबरको आकर्षक उपहार जित्न सक्ने पनि बैकले जनाएको छ ।

एक जना सहभागीको एक भन्दा बढी भिडियो छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्ने पनि जनाएको छ । हाल बैंक मुलुकभर रहेका ३ सय ५२ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ७५ विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिग मार्फत बैंकिग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको पनि उल्लेख छ ।

प्रतिक्रिया