आजको मौसम : धेरै स्थानमा वर्षा हुने

काठमाडाैं । आज मंगलबार मुलुकका धेरै स्थानमा वर्षा हुने भएको छ। यद्यपि, भारी वर्षा हट्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली रहनेछ दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

राति देशका धेरै स्थानमा पानी पर्नेछ। प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।महाशाखाका अनुसार बुधबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया