खोजखबर

पशुपति चौलागाईँ स्मृति अस्पतालको निरीक्षण

सौर्य अनलाइन २०७८ असार ५ गते २०:३७ मा प्रकाशित

चरीकोट । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेशस्तरीय ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’को आज निरीक्षण गरेकी छन । स्वास्थ्य सामग्रीसहित दोलखा आएकी मन्त्री बस्नेतलले उक्त अस्पतालसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटको समेत अवलोकण गरिन । मन्त्री बस्नेतले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेकी थिइन ।

उनले महामारीका समयमा ज्यान जोखिममा राखेर रात दिन कोभिड–१९ नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मीको प्रशंसा गरिन । चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रस्तावित चरिकोट अस्पताल बनाउने तयारी रहेकोमा बाग्मती प्रदेश सरकारले कोभिड–१९का कारण निधन भएका प्रदेश सदस्य एवं नेकपा (एमाले) का नेता चौलागाइको सम्झनामा यसलाई स्मृति अस्पताल बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय