खोजखबर

‘सिन्धुपाल्चोकमा पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ’

सौर्य अनलाइन २०७८ असार ५ गते १९:०२ मा प्रकाशित

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदैसबैमा उच्च सावधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय