क्षत्रीले ल्याए ‘अँधेरीमा थिएँ’

काठमाडौं । कोरोना कहरका बीच लगाइएको निषेधाज्ञाका बीच दैनिकजसो आधा दर्जन हाराहारीमा गीति भिडियो सार्वजनिक भइरहेका छन् । यसै क्रममा सञ्चारकर्मी तथा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘अँधेरीमा थिएँ म’ को भिडियो ल्याएका छन् । गायक सुवर्णको कुमारको आवाज रहेको यो गजलमा उनलाई सरिता भारती, दीपा कोइरालाले स्वरमा साथ दिएका छन् । गीतमा संगीत र संगीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ । गीतको भिडियोलाई ओएसआर मुभिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो निर्देशन पनि गीतकार क्षत्रीले नै गरेका छन् । भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगर लगायतका कलाकारको अभिनय छ । रामशरण उप्रेतीले छायांकन गरेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन रहेको छ । साथै गीतको भिडियोमा दिलमाया मगरको ड्रेस डिजाइन, दीपक लामगाडेको सेट डिजाइन र श्याम बरालको शृंगार रहेको छ ।

भिडियोमा आफूले मनपराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथालाई देखाइएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताइरहेको दृश्य छ । प्रेम वियोगमा परेका प्रेमीको भावलाई भिडियोमा समेट्ने कोशिस गरिएको छ ।

प्रतिक्रिया