सञ्चारमन्त्री थापाले गरिन् पदबहाली 

काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनाकला थापाले पदबहाली गरेकी छन् । राष्ट्रपति निवासमा भएको शपथ ग्रहण गरे लगत्तै बिहीबार मन्त्रालय पुगेर पदबहाली गरेकी हुन् । पदबहाली ग्रहण गर्दै मन्त्री थापाले मातहतका कर्मचारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिइन् ।

मन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिको पहुँचले संसार साँघुरिंदै गएको बताउँदै जनताको हातहातमा सरकारी सेवा पुर्‍याउने प्रतिबद्धता जनाइन् ।  उनले मातहतका निकाय र कर्मचारीलाई एक परिवारको रुपमा अघि बढ्न आह्वानसमेत गरिन्।

प्रतिक्रिया