अन्ततः ब्राजिलले खेल्ने भो कोपा अमेरिका

ब्रााजिल । कन्मेबलले कोपा अमेरिका आफ्नो देशमा खेलाउने निर्णय गरेपछि ब्राजिलियन फुटबल टोली त्यसमा असन्तुष्ट बनेको थियो । टोलीका कप्तान कासिमेरोले खुलेरै त्यो निर्णयको आलोचना गरेका थिए । कोभिड १९ को दोस्रो लहरमा देशव्यापी रुपमा संक्रमितको संख्या वृद्धि भइरहँदा कोपा अमेरिका आयोजना गर्नु उपयुक्त नहुने उनीहरुको तर्क थियो । चर्को असन्तुष्टीका बीच पनि ब्राजिलियन टोलीले कोपा खेल्ने पक्का गरेको छ । सुरुमा अर्जेन्टिना र कोलम्बियाले कोपा अमेरिका संयुक्त रुपमा आयोजना गर्ने निर्णय भएको थियो । तर, कोलम्बियामा राजनीतिक अस्थिरता बढेपछि कन्मेबलले अर्जेन्टिनाले मात्र आयोजना गर्ने निर्णय गरेको थियो । अर्जेन्टिनामा पनि कोरोना संक्रमण बढेपछि कोपा अमेरिका ब्राजिल सारिएको थियो ।

ब्राजिलका प्रशिक्षक टिटेले ब्राजिलियन टोली कोपा आयोजनाको निर्णयबाट सन्तुष्ट नरहेको पत्रकार सम्मेलनमै बताएका थिए । ब्राजिलियन टोलीले कठिन परिस्थितिका बीच पनि कोपा खेल्नका लागि तयार रहेको विज्ञप्तीमार्फत जनाएको छ । ‘हरेक ब्राजिलियन जन्मदै फुटबलको समर्थक भएर जन्मछ । हामीले २० करोड भन्दा समर्थकका लागि यो पत्रमार्फत कोपा अमेरिकाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ, ‘हामी एक फरक विचार बोक्ने व्यक्तिहरुको समूह हौं । तर कोपाको आयोजनालाई लिएर गरिएको निर्णय विविध पक्षमा सहि छैन । हामी कन्मेबलको आयोजना निर्णयलाई लिएर सन्तुष्ट छैनौं ।’

हामी आफ्नो भनाईमा यथावत छौं । हामीले कहिल्यै पनि राजनीतिक छलफलका लागि हाम्रो धारणा सार्वजनिक गरेका छैनौं । हाम्रो निर्णयलाई लिएर थुप्रै टिप्पणी आएका छन् र ती सबै समाचार सहि पनि छैनन् । हामी सत्यता नलेख्ने समाचारलाई खण्डन गर्न चाहन्छौं ।’ ‘ हामी व्यावसायिक खेलाडी हौं । र हामीले यस ऐतिहासिक पहेंलो र हरियो जर्सी लगाएर पाँच पटकको विश्वकप च्याम्पियन्को रुपमा आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ । हामी कोपा अमेरिका आयोजकका विरुद्ध हौं, राष्ट्रिय टोलीविरुद्ध हाम्रो निर्णय होइन ।’ अब जुन १३ देखि नै कोपा अमेरिका सुरु हुने पक्काजस्तै भएको छ । आयोजक ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलाको सामना गर्नेछ ।

प्रतिक्रिया