नाजिरका तीन चलचित्र

काठमाडौं । अभिनेता नाजिर हुसेनले तीन वटा चलचित्रमा काम गर्ने पक्का गरेका छन् । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त उनले ठूलो पर्दाको चलचित्रमा भने कमै देखिएका छन् । यसैबीच तीनवटै चलचित्रको छायांकन सुरु नभएपछि अभिनेता नाजिर खाली बस्नुपरेको छ । कोरोनाका कारण लगाइएको निषेधाज्ञाले चलचित्रको छायांकन रोकिएका छन् ।

हुनत् कोरोना कहरका बीच उनले दर्जनौं गीतका भिडियोमा काम गरे । अभिनेता नाजिरले काम गर्न लागेको चलचित्र ‘तिमीसँग हुने मन छ’ को वैशाखको पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी गरिए पनि तर, दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै चलचित्रको काम सुरु हुनै सकेन । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको सो चलचित्रमा नाजिरको अपोजिटमा अभिनेत्री दीपिका प्रसाईं रहेकी छन् ।

त्यसअघि उनले कोरोनापछि लगाइएको पहिलो बन्दाबन्दीलगत्तै चलचित्र ‘चिलगाडी’ काम गर्ने पक्का भए पनि यसको काम पनि अघि बढेको छैन । यस्तै निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘हुतुतु’ पनि नाजिरले साइन गरेका छन् । तर पनि यस चलचित्रको काम कहिलेबाट सुरु हुन्छ निधो नै छैन । कोरोनाका कारण चलचित्र क्षेत्र बढी प्रभावित भएको चलचित्रकर्मीले बताउँदै आएका छन् । कहिलेबाट यो क्षेत्र कहिलेबाट पुरानै लयमा फर्किने हो भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया