के एल दुगड समुहद्वारा खाद्य सामाग्री बितरण

काठमाडौं । के एल दुगड समुह द्वारा बिराटनगर स्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुरलाई राहत स्वरुप खाद्य सामाग्री मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा बितरण गरिएको थियो । सोमबार मात्रै १ सय जना मजदुरहरुलाई खाद्य सामाग्री बितरण गरिएको थियो ।

के एल दुगड समुहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४ सय जना बिरामी कुरुवालाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्त सम्म रहने छ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ । कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिलाई राहत पुगोस भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया