पिकप दुर्घटनामा एक पुरुष र महिलाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउपालिका – ७ टाहारी भन्ने ठाउँमा पिकप दुर्घटना हुँदा मंगलबार बिहान ९ः३० बजे घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका– २ थेचम्बुका अन्दाजी ३२ वर्षीय चालक मिलन विष्ट र गाडीमा सवार सोही ठाउँकी अन्दाजी २४ वर्षीया सिता अधिकारी रहेको प्रहरीले जनाएको छ ।

उक्त पिकप मेची रााजमार्ग हुँदै झपाबाट ताप्लेजुङतर्फ खाद्यान्न लिएर जाँदै थियो । भारपा टाहारी भन्ने ठाउँमा अनियन्त्रीत भएर ०१ ०० च ७६९१ नम्बरको पिकप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी पाँचथरका सूचना अधिकारी तथा इन्सपेक्टर डम्बर विश्वकर्माले जनाकारी दिए ।

उक्त गाडी दुर्घटना हुनासाथ डिएसपी दान बहादु थापा सहितको १६ जना टोली उद्धारमा पुगेका थिए । उक्त टोलीले शवलाई पाँचथर अस्पतालमा ल्याएको थियो । पोष्मार्टम पछि आफन्तले शव बुझेको सुचना अधिकारी विश्कर्माले बताए । – फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त

प्रतिक्रिया