पाकिस्तानमा रेल दुर्घटना : ३० जनाको मृत्यु, ५० जनाभन्दा घाइते

file photo

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

प्रतिक्रिया