अभिनयमा फर्किइन् टेलर

लसएन्जल्स । गाियका तथा अभिनेत्री टेलर स्विफ्टले तीन वर्षपछि नयाँ चलचित्र काम गर्ने तयारीमा जुटेकी छन् । उनले सम्झौता गरेको चलचित्रलाई डेभिड ओ रसेलले निर्देशन गर्ने जनाइएको छ । सन् २०१९ मा प्रदर्शनमा आएको चलचित्र ‘क्याट्स’ नचलेपछि टेलर गायनमा मात्र केन्द्रित भएकी थिइन् । त्यसयता उनका दुईटा एल्बम सार्वजनिक भएका छन् । जसमध्ये पछिल्लो चलचित्र ‘फ्लोकलोर’ ले उनलाई थुप्रै अवार्ड दिलाएको थियो ।

टेलरले काम गर्ने उक्त चलचित्रमा स्टार कलाकारको भिड रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चलचित्रमा टेलरसँगै क्रिश्चियल बेल, मार्गोट रबी, रमि मलिक, अन्या टेलर जोय, रबर्ट डी निरो लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । औपचारिक रुपमा घोषणा नगरिए पनि यो चलचित्रको विकिपेडियामा ‘क्यान्टरबरी ग्लास’ राखिएको छ । जसमा निर्देशक रसेल भनेर उल्लेख गरिएको छ । यसै चललचित्रमार्फत रसेल ६ वर्षपछि निर्देशनमा फर्कन लागेका हुन् । उनले जेनिफर लरेन्सलाई लिएर सन् २०१५ मा ‘जोय’ बनाएयता कुनै चलचित्र निर्देशन गरेका थिएनन् ।

प्रतिक्रिया