युवा उद्यमी मञ्चमा श्रेष्ठ

काठमाडौ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन । मंचको १७ औँ वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरिएको छ । अन्य पदहरु मध्ये प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को( लर्निंगका रूपमा पवित्र गौतम छनोट भएका छन ।

सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन । यो भन्दा अघि प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुने छ । अध्यक्षमा चयन भएपछि श्रेष्ठले सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने बताए । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफु कटिबद्ध रहने पनि बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया