सार्वजनिक संस्थानको नाफा ४८ अर्ब २९ करोड

काठमाडौ । सार्वजनिक संस्थानको खुद नाफामा १ दशलमव २१ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७६÷७७ मा ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ । उक्त बर्ष अस्तित्वमा रहेका मध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका थिए भने २ संस्थानको कारोबार शून्य र १८ संस्थानले घाटा ब्यहोरेका थिए । उक्त आर्थिक वर्षमा त्यस्ता संस्थाले १४ अर्ब ९ करोड ९५ लाख लाभांश प्राप्त गरेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ४८ दशमलब ८७ प्रतिशतले बढी भएको पनि शुक्रबार सार्वजनिक गरिएको सार्वजनिक संस्थानको बार्षिक स्थिती समीक्ष २०७८ मा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा १८ दशमलब १९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ७४करोड ८० लाख पुगेको छ । सचित नोक्सानी गत आर्थिक वर्षको तुलनामा शुन्य दशमलव ९३ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको छ । सबै संस्थानको सञ्चित नाफा २९ दशलमव ५३ प्रतिशतले वृद्धि भई ७५ अर्ब ९१ करोड १९ लाख पुगेको छ । नाफा आर्जन गर्न सफल २४, कारोबार शुन्य रहेका २ दर घाटामा रहेका १८ संस्थान मध्ये जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छन । नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट प्रा.लि,बुटवल धागो कारखानाको व्यावसायिक कारोबार नभएको, नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको तर यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी ब्यहोरिरहेको पनि उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४ दशलमव २८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९ दशमलव ४६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीकोष गत आर्थिक वर्षको तुलनामा १३ दशमलब ११ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९० करोड ३४ लाख भएको छ । समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ११ दशमलब ८२ प्रतिशतले वृद्धि भई ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ । गत आर्थिक वर्ष मूलतः विद्युत उत्पादन र प्रसारण लाईन निर्माण, विमानस्थल निर्माण, खानेपानी र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरिएकोले कुल लगानी बढ्न गएको हो । गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ६ दशमलव १७ प्रतिशतले वृद्धि भई २ खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख पुगेको छ भने ऋण लगानी १९ दशमलब ७९ प्रतिशतले वृद्धि भई २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख पुगेको छ ।

यो संगै संचालन आयमा ९ दशमलब शुन्य ३ प्रतिशतले कमी आई ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रुपैया पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ मा त्यस्ता संस्थानको कुल सञ्चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रुपैया रहेकोमा आर्थिक वर्ष २०७६÷७७ मा केही घटेको हो । तर पनि आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट सार्वजनिक संस्थानको कार्यसम्पादनमा संकुचन आएको देखिएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कोषमा व्यवस्था नगरिएको दायित्व गत आर्थिक वर्षको तुलनामा १८ दशमलब ७२ प्रतिशतले वृद्धि भएको छ भने सम्भावित दायित्व १६ दशलमव ६६ प्रतिशतले वृद्धि भएको छ । हालसम्म ६ सार्वजनिक संस्थान नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण २.१८ प्रतिशतले वृद्धि भएको छ। ४ संस्थानको २२ आर्थिक वर्षको नियमित रूपमा लेखा परीक्षण नभएकोले वित्तीय अवस्थाको यथार्थ मुल्याकंन नहुनुको साथै वित्तीय अनुशासनको पक्ष पनि कमजोर रहेको छ ।

प्रतिक्रिया