‘गल्ती के भयो’ मा रियल जोडी

काठमाडौं । गायक चिरञ्जीवी भण्डारीको आवाज रहेको ‘गल्ती के भयो’ बोलको गीत सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन ‘अमर’ का शब्द तथा गायक भण्डारीकै संगीत रहेको गीतमा सन्जिव बराइली र आशिष लामाको एरेन्ज रहेको छ । धिरज खत्रीले निर्देशन गरेको बियोगान्त गीतको भिडियोमा गायक चिरञ्जीवी र प्रमिला श्रेष्ठले अभिनय छ ।

भिडियोमा देखिएका चिरञ्जीवी र प्रमिला रियलका पनि जोडी हुन् । प्रेमीले छोडेपछिको पीडालाई भिडियोमा देखाउन खोजिएको छ । केशव विश्वकर्माको छायांकन रहेको भिडियोको सम्पादन मोहन सुनुवार ‘नवीन’ ले सम्पादन गरेका छन् ।

प्रतिक्रिया