तामासेक फाउन्डेसनको २० करोडको सहयोग

काठमाडौं । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयक्त सहयोगमा कोभिड उपचारका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । सिंगापुुरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा व्रअरी प्रालिको संयुुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर्स, बाइपाप, मेसिन, पल्सअक्सिमिटर, फोर्टिच्युुड किट र स्वाबलगायत २० करोडभन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्री नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया