नगर प्रमुखले प्रयोग गर्ने गाडी कोरोनाका बिरामीलाई

कालिकोट । कोरोना भाइरसका विरामीहरु दिन प्रतिदिन बढ्दै गएपछी कालिकोटमा नागरिकहरु त्रसित भएका छन् । पहिलेको जस्तो कोरोना अहिले नभएको भन्दै विभिन्न हल्लाहरु सुन्दा नागरिकहरुमा डर छाएको छ । स्थानीय तहको भरमा परेका यहाँका नागरिकहरुले उपचार पाउन भने कठिनाई छ । चुनौतीका बावजुद पनि स्थानीय सरकारले आफ्ना नागरिकहरुलाई स्वास्थ्य सेवा दिन तयारी गरिरहेका छन् ।

जिल्लाको तिलागुफा नगरपालिकाका नगर प्रमुख रतनबहादुर शाहीले प्रयोग गदै आएको स्कार्पियो गाडी कोभिडका विरामीहरुलाई हस्तान्त्रण गरेका छन् । कोरोना भाइरस नयाँ भेरेन्टका विरामीहरुको उपचारका लागि प्रयोग गर्ने गरी हस्तान्त्रण आफुले प्रयोग गदै आएको स्कार्पियो गाडी कोभिडका नयाँ संक्रमतिका लागि दिएका हुन ।

तिलागुफा नगरपालिका भित्र आइपर्ने लक्षण सहितको कोरोना भाइरस रोकथाम तथा पहिचानका लागि दिपेन्द्रबहादुर शाहीको संयोजकत्वमा चक्रप्रसाद अधिकारी सुचना अधिकारी सहितको ७ सदस्यीय समिती गठन गरिएको छ । उक्त समितिमा २ वटा सवारी साधन सहित आवश्यक परे पालिकाभित्रका विरामीहरुका लागि २४ सै घण्टा प्रयोग हुने नगरपालिकाका नगर प्रमुख रतन बहादुर शाहीले जानकारी दिए ।

अक्सिन सहितको आइसोलेसन सेन्टर निर्माण तथा प्रयाप्त स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि नगरपालिकाले आफ्ना नागरिकहरुलाई सेवा दिन सम्पुर्ण तयारी पुरा गरिसकेको छ । तिलागुफा नगरपालिका भित्रका नागरिकहरुलाई नआत्तिन समेत आग्रह बिरामीलाई प्रयोग गर्ने भएको छ ।

तिलागुफा नगरपालिकामा लक्षण सहितको कोरोना देखिएका नागरिकहरुका लागि नगरपालिकाले नै सम्पुर्ण उपचार खर्च लिने नगर प्रमुख शाहीले बताएका छन् । पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस कोभिड १९ दोस्रो चरणको लहर अन्र्तगत कालिकोटमा ६ सय २९ जनामा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतका अनुसार हाल सम्म ६ सय २९ मध्येबाट २ सय ६७ जनालाई निको भएर घर गइसकेका छन् भने ३ सय ६१ जना उपचार गराइरहेका छन ।

कोरोना महामारीबाट हाल सम्म कालिकोटमा एक जनाको मुत्यु भएको छ । निषेधाज्ञा जारी भएसंगै कोरोना संक्रमण दर भने झन झन बढ्दो अवस्थामा छ । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा जारी गरिएको निषेधाज्ञाका कारण नागरिकहरुलाई संकट परेको छ । खाद्यन्न लगाएतका अन्य सामाग्री सहजै उपलव्ध हुन नसक्दा नागरिकहरुलाई सास्ती भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले नागरिकहरुलाई जे जस्तो संकट परेनी महामारीबाट बच्नका लागि जे छ उस्मै रमाउन समेत आग्रह गरेको छ । जथाभावि हिडडुल नगर्न र स्वास्थ्य सामाग्री प्रयोग गर्न समेत नागरिकहरुलाई सचेत गराएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया