शंकर ग्रुप र इन्फिनिटी होल्डिङको सहयोग

काठमाडौं । शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के–९० मास्क दिएको छ । सो ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको छ । केही दिन अगाडि मात्रै आवश्यक पूर्वाधार राखेर अस्पताल संचालनमा ल्याइएको हो । अस्पतालका लागि डेढ सय बेड, पीपीइ लगायतका सामाग्री उपलब्ध गराउने यी दुई संस्थाले प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार ५० वटा तत्कालै हस्तान्तरण गरेको हो ।

अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामाग्री दिएको शंकर समूहले बताएको छ । तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामाग्री हस्तान्तरण गरेको समुहले भनेको छ । दुवै समूह मिलेर बेडलाई आवश्यक पर्ने तन्ना, सिरानी लगायतका सामाग्री पनि उपलब्ध गराएका छन ।

प्रतिक्रिया