जनमोर्चाले संसदीय दलको नेताबाट हटायो कृष्ण थापालाई

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । बुधबार केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

महासचिव मनोज भट्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णय विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कारबाहीमा संलग्न भएकोले आज मिति २०७२ साल वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कारबाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो । उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउनु भएकोले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया