आमाको सम्मान डिआरको गीत

काठमाडौं । मातातिर्थ औंसीको सन्दर्भ पारेर गीतकार डा. डिआर उपाध्यायले नयाँ गीत ‘आमा’ को भिडियो सार्वजनिक गरेका छन् । गीतमा सबैभन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न चर्चित वल्र्ड रेकर्ड गीत संगीत, साहित्यको ५२ विधामा बनाएका छन् । यसरी विश्व रेकर्ड बनाएपछि यो गीतको लिरिकल भिडियो उनले यतिबेला युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

गायक कृष्ण कार्कीले गाएको गीतमा सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवस) को अवसर पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक गरिएको गीतकार उपाध्यायले बताए । गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रिएसनबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया