हिमालयन डिष्टिलरीको ४ अर्बको कारोबार

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा करिव ४ अर्ब रुपैयाको कारोबार गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको हो ।

समिक्षा अवधिमा कम्पनीले खुद नाफा ५३ दशलमव ८९ प्रतिशतले बढाएको छ । गत आवमा ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ६७ करोड २७ लाख नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवसम्मको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ सय दशमलब ७६ रुपैयाँबाट बढेर १ सय ३ दशमलब ३८ रुपैयाँ र तरलता अनुपात १ दशमलव ९६ बाट बढेर २ दशमलब ७४ पुगेको छ ।

गत वर्ष प्राप्त कारोबार भन्दा यस वर्षको चैत मसान्तसम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया